धरान । धरान इटहरी सडक खण्डको तरहरा मा बस दुर्घटना भएको छ ।
धरानबाट झापा जाँदै गरेको बस रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटना भएको बसका १३ जना यात्रु घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । घाइते  मध्य दुइजनाको अबस्थामा गम्भीर रहेको छ । अरु यात्रु हरुको अवस्था सामान्य रहेको बताएको छ ।
दुर्घटना पछि चालक र सहचालक फरार भएका छ्न । 
घाइतेको तरहरा,इटहरी र धरान स्थित बिपि हस्पिटलमा उपचार भाइरहेको जनाइएको छ । बिहानै देखि भएको निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरि रहेको छ ।  मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायातको बस रोड डिभाइडरमा ठोक्किएको थियो प्रहरीले जनाएको छ  ।