धरान /धरानस्थित मेघा हिमालयन कलेजले बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ । 

गत बिहीबार र शुक्रबार सञ्चालित कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत् २७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।received_812446523747238

 त्यस क्रममा विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा पनि जानकारी प्रदान गरिएको कलेजको होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख पोषण श्रेष्ठले बताए । 

इन्टरनेसनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहाल कार्यशालामा विशेष प्रशिक्षकका रूपमा आएका थिए । 

काठमाडौँको ककटेल एन्ड फलेयर एकेडेमीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) दाहालले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा भाग लिएका छन् ।

 काठमाडौँका प्रसिद्ध तारे होटल, लाउन्ज एन्ड बारका साथै बीएच्एम् पढाइ हुने विभिन्न कलेजहरूमा उनले आफ्ना कला प्रदर्शन गर्नुका साथै प्रशिक्षणसमेत प्रदान गरिसकेका छन् । 

आफ्ना विद्यार्थीहरूलाई विशेष दक्षता प्रदान गर्न मेघाले धरानमा यस्तो कार्यशाला तीन वर्षअघि सुरु गरेको विभागीय प्रमुख श्रेष्ठको भनाइ छ ।received_1328368997801983

 उनका अनुसार मेघाले सुरु गरेपछि अहिले धरानका अन्य विद्यालयहरूले पनि आफ्ना विद्यार्थीलाई यस्तो प्रशिक्षण दिन थालेका छन् ।

बार टेन्डिङसम्बन्धी कार्यक्रमलाई मेघाले आफ्नो ‘सिग्नेचर प्रोग्राम’ को रूपमा अघि बढाएको श्रेष्ठले जनाए ।

यस्ता कार्यक्रमहरूमा मेघाले स्थानीय बार टेन्डरहरूलाई पनि स्थान दिने गरेको छ । 

यसपटक धरानकै बगरकोटस्थित एम्एच् लाउन्ज एन्ड बारका मुख्य बार टेन्डर सुदीप राई र इटहरीको सोल्टी वेस्टर्न पाँचतारे होटलकी बार टेन्डर कञ्चन सुवेदीले पनि कार्यशालामा कला प्रदर्शन गरेका थिए ।