धरान । धरानमा फैलिएको डेङ्गु माहामारी नियन्त्रण गर्न धरानका वडा विभिन्न संस्थाहरुले उदाहरणिय भुमिका देखाएका छन् ।
प्रदेश तथा केन्द्रिय सरकारले बिज्ञ चिकित्सक र औसधि नपठाएपनि धरानका विभिन्न वडा तथा समाजिक सस्थाहरुले उपलब्ध स्थानीय जनशक्ति र विभिन्न संघ सस्थाको समन्वयमा प्राप्त औसधिबाट डेङ्गु सन्क्रमितलै निशुल्क उपचार गर्न सहजता भएको धरान उपमहानगरपालिका वार्ड नम्बर१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताए । धरानमा १३ नम्बर वडाले नै पहिलो पटक निशुल्क उपचार सुरु गरेको थियो । पछि अन्य वडा र विभिन्न संस्थाहरुले पनि निशुल्क उपचार सुरु गरेका थिए ।
वडामा उपलब्ध जनशक्तिले अहिले सम्म उत्कृष्ट रूपमा काम गरिरहेका छन् तर सरकारका अन्य तहबाट कुनै सहयोग प्राप्त भएको छैन वडाध्य्क्ष काफ्लेले भने ।
प्रदेश सरकार वा केन्द्र सरकारले चाहेको खण्डमा एक एक जना बिज्ञ चिकित्सक थप गरिदिन सक्ने अबस्था छ तर दुबै सरकारले त्यो गरेको अबस्था छैन । अहिले धरानका विभिन्न वडाहरुले जनशक्ति जुटाएर माहामारी  नियन्त्रणको प्रयास गरिरहेका छ्न ।

नोट : यस अघि प्रकाशित `धरानका डेङ्गु शिबिर : बिज्ञ चिकित्सकको आबश्यक्ता´ शिर्षक समाचारमा थप बिज्ञ चिकित्सक नभएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइको छ ।