धरान/  गरिब विद्यार्थीहरुको ढाँड सेक्ने गरी त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले साविकको शुल्कको करिब तीन डबल बढाएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

उनीहरुले विद्यार्थीहरुसँग समन्वय नगरी एकतर्फी ढंगबाट मनोमालिन्य ढंगले शुल्क बढाएको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै अध्ययन अध्यापन ठप्प बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको मातहतमा सञ्चालित  धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेका विद्यार्थीले थेग्नै नसक्ने गरी बढाएको अत्याधिक शुल्कको विरोध गर्दै  पठनपाठन ठप्प पार्दै प्रशासनमा तालाबन्दी गरेर आन्दोलित बनेका हुन् ।

यो कलेजमा शिभिल, कम्प्युटर, इलेक्ट्रीकल, मेकानिकल, एग्रीकल्चर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र  आर्किटेक्चरमा २ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

यहाँ अध्ययनरत विद्यार्थीहरु नियमित, पूर्ण शुल्कीय दुई प्रक्रियाबाट अध्यापन गराइने गरिएको छ ।

नियमितमा चार बर्षे कोर्ष सक्न ४० हजार मात्र लाग्ने गर्छ तर पूर्ण शुल्कीयमा २ लाख ८० हजार शुल्क लाग्ने भए पनि अहिले एकै पटक बढाएर ७ लाख ७५ हजार पुर्‍याएको छ ।

विद्यार्थीहरुलाई समन्वय नगरी एक्कासी थेक्नै नसक्ने गरी बढाइएको मूल्य विरुद्ध आन्दोलित भएको स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सभापति नविन श्रेष्ठले जानकारी दिए । 

पहिलो चरणमा तालाबन्दीमा उत्रिएका उनीहरुले दोस्रो दिन व्यार्नर, प्लेकार्ड सहित नारासहितकोर्‍याली निकालेका थिए । 

in

धरान ८ क्याम्पस प्रांगरणबाट शुरु भएको र्‍याली धरान २ भानुचौकमा पुगेर टुंगिएको थियो ।

र्‍यालीमा विद्यार्थीहरुले आइओयुका डिन मुर्दाबाद, भ्रष्ट आइओइ होसियार, शैक्षिक माफिया खबरदार, विद्यार्थीको भविष्य सुनिश्चित गर, गरिबका छोराछोरीलाई पढ्न दे, आइओइ तेरो पाराले, दुःख पायो साराले लगायतका नारा लगाएका थिए  ।

यता क्याम्पस प्रमुख काजीराम कार्कीले २८ बर्षपछि शुल्क बढेको बताऐ । उनले २८ बर्ष अगाडि ५ सय विद्यार्थीको अध्यापनको लक्ष्य राखेर लिएको शुल्क अहिले विद्याथीको संख्या २ हजार ३ सय पुगेको, त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थाले दरबन्दी अनुसारको शिक्षकको तलबबाहेक अन्य कुरा नदिएकोले सम्पूर्ण कुरा क्याम्पसले नै व्यहोर्नु परेको लगायतका समस्या भएको बताए ।

उनले कि त सरकारले सम्पूर्ण खर्च व्यहोर्नुपर्ने कि त विद्यार्थीको शुल्क नै बढाउनुपर्ने बाहेक अर्को विकल्पन नरहेकोे उनँको भनाई छ ।

विद्यार्थीकको संख्याको अनुपातमा अत्यन्तै न्यून अर्थात २५ प्रतिशत मात्र बजेट केन्द्रले छुट्याउने गरेको क्यापसका व्यवस्थापन पक्षको भनाई छ ।

अर्थात अहिले क्याम्पसमा २ हजार ३ सय विद्यार्थी छन् तर बजेट भने ५ सय विद्यार्थीलाई पुग्नेमात्र आएको क्याम्पस व्यवस्थापनको भनाई छ ।

यो क्याम्पसमा बढी थेउरिकल भन्दा पनि प्राक्टिकलबाट अध्यापन गराउनुपर्छ पयाप्त बजेट नहुदा शैक्षिक गुणस्तर खस्किएको छ ।

यसलाई धान्न पनि शुल्क बढाइएको तर्क क्याम्पको छ ।

तर विद्यार्थीहरुले भने बढाइएको शुल्क फिर्ता गरेर  साविककै अवस्थामा नल्याएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले चरणबद्ध आन्दोलनबाट माग सुनुवाई नभए आगामी दिनमा रिले अनसन शुरु गर्ने चेतावनी समेत दिएका छन् ।