सुनसरी/ धरानमा भईरहेको डेङगु संक्रमणको दर नियन्त्रणमा आएको छैन ।

वडा कार्यालय तथा केही संघसंस्थाले निशुल्क उपचार तथा परिक्षणको ब्यबस्थापनि मिलाएका छन् ।

धरान उपमहानगरपालिकाले ठोस कदम नचाल्दा विरामीहरुले नियमित उपचार पाउन र नयाँ संक्रमणदर नियन्त्रण गर्न समस्या देखिएको छ ।

धरान उपमहानगरपालिकाले धरान सभागृह र छाताचौक स्थित पुरानो अस्पतालमा डेंगुको उपचार गर्ने ब्यबस्था मिलाएको छ ।

तर उपमहानगरका सिमीत स्वास्थ्यकर्मिको भरमा भईरहेको उपचारले मात्र विरामीको अबस्था सुधार हुन नसकेको बुझ्न सकिन्छ ।

धरान उपमहानगरपालिकाले आवश्यक्ता महासुस गरेको खण्डमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २० वटै वडामा एमविविएस डाक्टर थप गरि उपचारलाई थप ब्यबस्थीत बनाउन सकिने उपमहानगरकै कर्मचारी बताउछन् ।

मेयरको कामको विरोध गर्दा वा सुझाब मात्र दिदापनि सार्वजनिक बेइजती हुने तथा अनावश्यक तनाब हुने भएका कारण यस्ता सल्लाह दिन नसकिएको उपमहानगरकै एक अधिकृतले बताए ।

धरानमा डाक्टरको भिड हुदाहुदै उपचार गर्ने थप दक्ष जनशक्ति नहुनु भनेको ‘लंकामा सुन छ,कान मेरो बुच्चै’ भन्ने उखान जस्तै भएको उनको भनाई छ ।

लार्भा नस्ट गर्ने र लामखुट्टे नियन्त्रण गर्न अहिले सम्म कुनै विज्ञको खोजी गरिएको छैन उनले भने मेयर आफै विज्ञ जस्तो युटुवर लिएर ‘हिरोइजम’ गरिरहेका छन् ।

उनका अनुसार २०७५ मा डेङगु नियन्त्रणका लागि ठोस कामहरु भएका थिए ।

तर अहिले मेयरको फेसबुक स्टाटसका आधारमा नियन्त्रण गर्न खाजिदैछ यो सरासर मुर्खता हो ।

डेङगु नियन्त्रण सम्बन्धि कार्य गरिरहेका विज्ञ राहुल राईले लार्भा नस्ट गर्ने र घरघर जाने काम भएको यसका बेसिक काम मात्र हुन ।

उनका अनुसार डेङगु नियन्त्रण गर्न अन्य विधिहरु रहेका छन् ।

२०७५ मा उपमहानगरसँगको सहकार्यमा आफुहरुले नियन्त्रणको प्रयास गरेको भन्दै अहिले भइरहेका कामहरु वेसिक चरणको मात्र भएको बताए ।

धरानको डेङगु नियन्त्रण गर्न प्रदेश संसदहरुले सक्रीय भुमिका देखाएका छन् भने वडाध्यक्षहरुले वडावडामा संक्रमितको उपचार र परिक्षणको ब्यबस्था मिलाएका छन् ।