धरान/ नेपाल प्रहरीले अपराध अनुसन्धानमा अर्को सफलता प्राप्त गरेको छ ।
मोरङको लेटाङकी१३ वर्षीया अंशु गौतमको हत्या गर्नेलाइ प्रहरी ले पक्राउ गरेको छ । थप अनुसन्धानमा प्रभाव पर्ने भएकाले अभियुक्तको पहिचान सार्बजनिक गरिएको छैन ।
अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार एक ५० बर्षका पुरुष पक्राउ परेका छ्न । १३ बर्षिया बालिका अंशु को शब टुक्राटुक्रा अबस्थामा फेला परेको थियो ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र फेला परेकी थिइन ।
अपराध अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो,कोशी प्रदेशको विशेष ब्युरो परिचालन भएको थियो ।
कुनै सुराक फेला नपरेका कारण प्रहरिले यो घटनामा अपराध अनुसन्धानको `ब्लाइन्ड भ्यु´ थेउरी प्रयोग गरेको थियो
। प्रहरीले अनुसन्धानका अन्य पाटाहरु पूरा गरेपछि अभियुक्त सार्बजनिक गर्ने तयारी गरेको छ ।




















