धरान । धरानमा भईरहेको धार्मिक तथा सास्कृतिक विवादप्रति संयम भएर समस्या समाधान गर्न धरानका पुर्व नगर प्रमुखहरुले आह्वान गरेका छन् । विहिबार सुनसरी उद्योग बाणिज्य सघंमा धरानका पुर्व नगर प्रमुख कुमार बहादुर कार्किको अध्यक्षतामा पुर्व नगर प्रमुख ,मनोजकुमार मेन्याङबो,तिलक राई तथा पुर्व उपप्रमुख मिनकुमार सुब्बा सहितको उपस्थितीमा सर्वपक्षिय भेलागरि सार्वजनिक अपिल जारी गरेको हो ।

अपिलमा विगत केही समयदेखि धरानमा भईरहेको धार्मिक तथा सास्कृतीक विवादले सबैलाई संबेदनशिल बनाएको भन्दै पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भईरहेका तथा समाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक, असहिष्णु विचार र बहस प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।‘ धरान सास्कृतीक,भाषिक,जातिय तथा भौगोलिक विविधता र विषेशता बोकेको,धार्मिक सहिष्णुता,सास्कृतीक रुपमा बहुलतायुक्त समाज सधै एकबद्ध भएर अगाडी बढेको शहर हो ।समाज भित्रका समुदायहरुमा आफ्नै प्रकारका संस्कृतीक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहदै आएको छ । एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाब खलबलाउने काम यस अघि कहिले भएको छैन ।तसर्थ बर्षौदेखि आपसी सद्भाब,भाइचार तथा एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्र्दय हो,विषेशता पनि हो ।’ अपिलमा भनिएको छ ।

भेलाको निर्णयहरु सार्वजनिक गर्दै अपिलमा ‘ धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा संस्कृतिक विबादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान सकिने भन्दै वार्ता र सम्बादका लागि अनुरोध गरिएको छ । त्यसैगरि धरानको समाजिक सद्भाब कायम राख्न भोली भदौ ८ गते शुक्रबार गते दिउसो २ बजे नागरिक स्तरबाट सद्भाब ¥याली निकाल्ने र उक्त ¥यालीमा सहभागिताका लागि सबैमा हार्दिक आह्वान गरेको छ । भेलाले धरानको धार्मिक तथा सास्कृतिक विवबादलाई समाधान गर्न भोली भोली भदौ ८ गते शुक्रबो सर्वदलिय बैठक बस्न अनुरोधपनि गरेको छ । धरानको सुरक्षा संबेदनशिलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय भएको अपिलमा उल्लेख छ । अपिलमा निर्वमान नगर प्रमुख तिलक राई,पुर्व नगर प्रमुख मनोजकुमार मेन्याङबो,पुर्व नगर प्रमुख कुमारबहादुर कार्कि र पुर्व नगर उपप्रमुख मिनकुमार सुब्बाको हस्ताक्षर रहेको छ ।

apil