धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेपछि सुरक्षा ब्यबस्थालाई कडा पारिएको छ । गएराती १२ बजे बाट सुरु भएको निषेधाज्ञा आज राती १२ बजे सम्म रहने प्रशासनले जनाएको छ ।धरानमा गोरु काटेर सामुहिक भोज गरेको सार्बजनिक गरिएपछि परिस्थिति असहज बन्दै गएको हो । स्थानीय राजनैतिक दलहरूले बार्ता र सम्बाद बाट समस्या समाधान गर्न आग्रह तथा पहल गर्दै आएका छन् । धरानका नगर प्रमुख हर्क सम्पाङले भने यो संबेदनसिल अबस्थामा गैरजिम्मेवार बनेको भन्दै आलोचना पनि हुँदै आएको छ ।

IMG-20230825-WA0007

जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो आदेश जारी गर्दै स्थानिय प्रशासन ऐन २०२८ को दफा  ६को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । धरानमा पछिल्लो समय धार्मिक तथा सास्कृतीक विवाद चर्किदै गएपछि धरानको शान्ति सुरक्षाको अबस्था गम्भिर बन्दै गएको छ । पहिचानबादीहरुले सार्वजनिक रुपमा गोरु भोज गरपछि हिन्दु धर्म सम्बद्ध पक्षले आज ९ गते धरानमा कार्यक्रम राखेको थियो । धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरानबाहिरबाट समेत सहभागि हुने र धरानमा मुडभेटको अबस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले धरानका भित्र हिडडुल गर्न परे स्थानिय प्रशासनको स्वीकृती लिनु पर्ने भन्दै धरान प्रबेश गर्ने चार वटै नाका शिल गरेको छ ।चतराबाट धरान आउने झण्डा चौक,नहडा,पानीपिया तथा भेडेटार क्षेत्रबाट हिजोराती १२ बजे देखि धरान प्रबेश गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यसैविच शुक्रबार धरानका राजनैतिक दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादका माध्यमबाट समस्या समाधान गर्न सबैपक्षलाई आग्रह गरेका छन् ।