धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्यसमाथि आन्तरिक पदपूर्ति एवम् बढुवा प्रक्रियामा लोकसेवा आयोगले रोक लगाएपछि प्रतिष्ठानको शिक्षक कल्याण समाज आन्दोलित भएको छ । शिक्षक तथा डाक्टरको बृत्तिविकास तथा प्रमोसन रोकिएको ६ बर्ष विति सकेको छ । प्रतिष्ठान ब्यबस्थापनले समयमा ध्यान नपु¥याउदा प्रतिष्ठानका शिक्षक तथा चिकित्सक सहित कर्मचारीहरु अन्यायमा परेका छन् । प्रतिष्ठान नेतृत्वलेनै लोकसेवा आयोगलाई हस्तक्षेप गर्न लगाएको आन्दोलनरत शिक्षक कल्याण समाजले जनाएको छ । प्रतिष्ठान नेतृत्वको असक्षमताका कारण प्रतिष्ठानका हरेक क्षेत्र भद्रगोल हुने अबस्थमा पुगेको छ । 

लोकसेवा आयोगले भदौ ७ गते प्रतिष्ठानका नाममा पठाएको  पत्रमा बिपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा  आयोगको स्वीकृती लिएरमात्र प्रकृया अगाडि बढाउन पत्र काटेको छ । प्रतिष्ठानकै सेटिङमा आयोगबाट यस्तो निर्देशन आएको हो,हामीलाई यो नियत ठिक लागिरहेको छैन आन्दोलनरत एक एसिस्टेन प्रोफेसरले भने । समाजले आजदेखि शैक्षिक तथा परीक्षाका कार्यक्रम बहिष्कार गर्ने, प्रतिष्ठानका अतिरिक्त जिम्मेवारी (होस्टल वार्डेन, वार्षिक प्रगति प्रतिवेदन, जेबिपीकेआईएचएस, साइन्टिफिक कमिटी, आईआरसी) लगायतका बहिष्कार गर्ने, हरेक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालय अगाडि धर्ना दिने, थप कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको छ । यदि आफुहरुको माग पुरा नभए थप आन्दोलनका कार्यक्रम आगाडी बढाउने समाजले जनाएको छ ।