धरान । सार्वोच्च अदालतको आदेशको उल्लङघन गरेको भन्दै धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) तथा प्याराग्लाइडिङ सन्चालक तथा व्यवसायी रामप्रसाद राईलाई  विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । 

धरान –१ की रोजिना अधिकारी र मोरङको सुन्दरहरैंचाका हेमचन्द्र घिमिरेले अदालतको अवहेलना मुद्धामा कारबाहीको माग गर्दै  सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

छोटीमोरङ डाँडामा रहेको व्यक्तिको नाममा रहेको जग्गामा जबरजस्ती वृक्षरोपण गरेको, पूर्ण इजलाशमा पेश गर्ने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा रहँदा नै अदालतलाई चेतावनीयुक्त अभिव्यक्ति दिइरहेको, विभिन्न युट्युब च्यानलमार्फत् न्यायाधीशमाथि आक्षेप लगाउदै आएकाले  अदालतको अवहेलना ठहर्ने भन्दै नगर प्रमुख साम्पाङ र व्यवसायी राईलाई उक्त मुद्दामा कारबाहीको माग गर्दै मुद्धा दर्ता भएको हो । उक्त मुद्धाको प्रारम्भिक आदेश गर्दै सर्वोच्च अदालतका न्यायाधिस हरिप्रसाद फँुयालको एकल इजलासले भदौ ३ गते नै 

 निवेदकको माग बमोजिम किन कारबाही हुनु नपर्ने हो ? कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश भएको छ ।

मेयर साम्पाङको धरान ४ स्थित छोटी मोरङमा रहेको निजी जमिनलाई सर्दु जलाधारको भन्दै भिड लगेर बृक्षारोपण गर्न थालेपछि विवाद चर्किएको हो । उक्त जग्गा सर्दुजलाधार क्षेत्रको भएको दावी गर्दै मेयर साम्पाङले बृक्षारोपण गरेका थिए ।अहिले धरान १ की रोजिना अधिकारीको नाममा मालपोत कार्यालयबाट राजिनामा पास गरि आएको जग्गा भएकाले जग्गाधनी प्रमाणपत्र र स्रेस्तका आधारमा हाल जग्गा ब्यक्तिकै नाममा देखिन्छ । सर्वोच्चबाद पुर्ण फैसला नआउदा सम्म उक्त जग्गा ब्यक्तिकै ठहरीन्छ,यदी अदालतले जलाधारको हो भनि किटान नगरेसम्म सार्वजनिक प्रयोजनका उक्त जग्गामा धनिको स्वीकृती आवश्यक हुन्छ धरान उपमहानगरपालिकाका एक अधिकृतले भने ।हामीले नै मालपोत लिईरहेका छौ,अनि हामीले नै तेरो जग्गा हैन भन्न मिल्दैन,अब मेयरको कुरा हामीले बुझ्न सकेका छैनौ उनले भने ।