धरान ः जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख सुभास केसिले ‘ट्राफिक जरिवाना र दशैको’ कुनै सम्बन्ध नरहेको बताएका छन् । बाटोमा ट्राफिक चेकिङ बढ्न थालेपछि ‘ट्राफिकलाई दशै लागेछ’ भन्ने धारणा विकास भएको प्रति स्पस्ट पार्दै उनले ट्राफिक चेकजाँचलाई दशै लागेछ भन्नु गलत भएको बताएका छन् । नयाँ कार्यभार सम्हालेर पत्रकारसँग परिचयात्मक भेटघाट गरेका प्रहरी निरिक्षक केसीले ट्राफिकले काटेको राजश्व सरकारी खातामा जम्मा हुने बताए । तर ट्राफिकले दुख दिने नियतले गरेका कार्यहरुका विषयमा केही बोलेनन् । 

उनले आफ्नो कार्यकालमा ट्राफिक नियमको पालना तथा ब्यबस्थापनमा केही नयाँ धारणा विकास गर्नेगरि कार्यगर्ने बताए ।‘सुधारका कार्यहरु एकैपटक हुदैनन,क्रमश हुदै जान्छन्,यसमा सबैको सहयोग लिएर काम गर्ने मेरो योजना छ’ उनले भने । पछिल्लो समय धरानमा ट्राफिक प्रहरीको बोल्ने शैली रुखो हुदै गएको र ब्यबहारीक कठीनाईहरुमा समन्व्य नगरेको आरोप लाग्ने गरेको छ ।