काठमाडौं/ नेपाल राष्ट्रिय धोजावहाक कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदीको दमाम सहरमा नियमित उडान सुरु गरेको छ।
निगमले गत बुधबारदेखि काठमाडौं–दमाम–काठमाडौं सिधा उडानसुरू गरेको हो।
निगमकाअनुसार बुधबार राति १०ः४० मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किदा १ सय १७ जना रहेका थिए।
निगमका प्रवक्ता रमेश पौडेललका अनुसार साताको दुई दिन बुधबार र शनिबार उडान हुने उनले जानकारी दिए। बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै लैजाने उनको भनाइ छ।




















