सुनसरी/ धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको क्वाटर फाइनल खेलमा धरान आर्दश, डिपो, धरान उच्च र होलिल्याण्ड स्कुल विजयी हुदै सेमिफाइन प्रवेश गरेको छ ।

20230913_13552020230913_135425
वुधवार भएको खेलमा  धरान आर्दशले वालसंसार धनकुटालाई ३४–२८, डिपोस्कुलले धरान उच्च ए टिमलाई लाई ५३–४७, होलिल्याण्डले सियोन स्कुललाई ३१–१९ र धरान उच्च विटिमले प्रभात स्कुललाई ४२–२२ अंकले पराजित गर्दै सेमिफाइन प्रवेश गरेका हुन ।

वुधवार भएको पहिलो क्वाटर फाइनल खेलमा धरान आर्दशका सरिन मगरले व्यक्तिगत १६ अंक, दोस्रो खेलमा डिपो स्कुलका रुपक श्रेष्ठले २२, तेस्रो खेलमा होलिल्याण्ड स्कुलका सिक्कुम लिम्वुले ७ र चौथो खेलमा उच्च वि टिमका जुङसाङ राईले १८ अंक जोडेका थिए ।  

20230913_135425
      फाइनल प्रवेशका लागि विहिवार धरान आर्दश र डिपो स्कुल र धरान उच्च वि टिम र होलिल्याण्ड स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

भाद्र २५ देखि ३० गते सम्म संपन्न हुने प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।