सुनसरी/ धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको फाइनलमा डिपो स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ ।  

विहिवार भएको पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलले धरान आर्दशलाई ६३–४८ र दोस्रो समिफाइनल खेलमा होलिल्याण्डले धरान उच्चलाई २९–१३ अंकले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन । पहिलो सेमिफाइनल खेलमा डिपो र धरान आर्दशले प्रत्येक क्वाटरमा २२–६, ११–१२, १०–१८ र २०–११ अंक जोडेका थिए ।
20230914_113633
डिपो स्कुलका रुपक श्रेष्ठले उत्कृष्ट प्रर्दशन गर्दै व्याक्तिगत २४ अंक जोडेका थिए ।
यसै गरि दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्ड र धरान उच्चले प्रत्येक क्वाटरमा ७–१, ८–८, ३–४ र ११–० अंक जोडेका छन । खेलमा होलिल्याण्ड स्कुलका करुन तामाङले व्याक्तिगत १४ अंक जोडे ।
उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा संपन्न प्रतियोगिताको फाइनल खेल भाद्र ३० गते शनिवार विहान ११ वजे हुने भएको छ ।
रेवाहाङको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिता संपन्न भएको हो ।
रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो ।

उनको संझनामा उनको परिवारले दुई लाख रुपैयाको अक्षय कोषको स्थापना गरि गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद २ हजार ५ सय, हाइ स्कोररले नगद २ हजार, थी्र पोइन्ट च्याम्पियनले नगद २ हजार र राइजिङ प्लेयरले नगद १ हजार रुपैया र एमर्जिङ टिमले ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन धरान बास्केटवल संघ र प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।