धरान/ प्रथम पिण्डेश्वर खुला नकआउट फुटबल प्रतियिगितामा सोमबार भएको उद्घाटन खेलमा पन्चायन फुटबल क्लब रामधुनी-७ लाई ५-३ गोल अन्तरले हराउदै पिण्डेश्वर फुटबल क्लब "बि" बिजयी भएको छ।received_262412476231069

        प्रतियोगिता धरान उप-महानगरपालिका वडा नम्बर १४ ले आयोजना गरेको हो।

पिण्डेश्वर खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा प्रमुख अतिथि धरान उप-महानगरपालिकाका उप-प्रमुख अइन्द्र बिक्रम बेघाले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरे।

खेल क्षेत्रको बिकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रमुख अतिथि बेघाले बताए।received_293307110176824

धरान खेलकुदको सहर भएकाले फुटबल खेलको बिकासमा टेवा पुर्याउने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको धरान-१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए।

प्रतियोगितामा १६ वटा  टिम सहभागी हुने आयोजकले जनाएको छ।

वडा अध्यक्ष भट्टराईका अनुसार प्रतियोगिताको बिजेताले नगद ५१ हजार १ सय, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ भने उप-बिजेताले नगद ३१ हजार,ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ। उद्घाटन कार्यक्रममा धरान-१४ का वडा सदस्यहरु झर्ना मुखिया,

कमल भट्टराई, दुर्गा बिक, राम तामाङ लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

मङ्गलबार हुने पहिलो चरणको  खेल धरान-१३"स्पोर्टिङ क्लब र बाङ्गे गाईज फुटबल क्लब बिच हुनेछ।

त्यस्तै दोश्रो चरणको खेल पिण्डेश्वर फुटबल क्लब "ए" र बगुवा फुटबल क्लबबिच हुने आयोजकले जनाएको छ।

पिण्डेश्वर युवा क्लबले सम्योजन गरेको प्रतियोगिताको फाईनल असोज ३ गते हुने आयोजकले जनाएको छ।