धरान /त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो ।DecoPic_20231016_141846

कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा  कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।

DecoPic_20231016_142054
स्मारिकाले ३ दशमलव ९३ जिपिए ल्याई कोशी प्रदेश प्रथम र रोजिनाले ३ दशमलव ८९ ल्याइ रोजिना द्वितीय स्थान हासिल गरेको कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए ।

त्यस्तै तृतीय पनि युएन कै सिम्रन तामाङले ३ दशमलव ८७ जिपिए ल्याएको प्राचार्य तुम्बापोले बताए ।

उत्कृष्ट विद्यार्थीलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्राचार्य डम्बर तुम्बापोलगायतले बधाई तथा सम्मान प्रदान गरे । तुम्बापोका अनुसार होटल म्यानेजमेन्टको पढाई शुरुवातको वर्ष पनि कलेजका विद्यार्थीहरुनै पहिलो, दोस्रो र तेस्रो भएका थिए ।DecoPic_20231016_141314

५ वर्ष पछि पुनः कलेजकै विद्यार्थी पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् ।