धरान/  वडादशै  अन्तरगत चौथो दिन कुष्माण्डा स्वरुप नवदुर्गा भगवतीको आराधना गर्ने गरिन्छ  ।

विगतमा नौरथा लाग्ने वित्तिकै धरान १४ विजयपुरमा रहेको शक्तिपीठ दन्तकाली शक्तिपीठ  तथा अन्य मन्दिर भरिभराउ हुन्थे ।

नौरथा जानेहरुको भीडले विजयपुरमा मेला लागेझै भान हुन्थ्यो तर यस बर्ष भने विजयपुरका मन्दिरमा चहलपहल कम छ, मन्दिरहरु सुनसान छन् ।

बडादशैको नौरथाको समयमा धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा दर्शन  गर्न आउने भक्तजनहरुको भीड विगतमा थामिनसक्नु हुन्थ्यो ।

विहान ३ बजेदेखि नै विजयपुर जाने, मठमन्दिरको दर्शन गर्ने र देवी दुर्गा माताको अनेकन रुपको पूजाआजा गर्ने प्रचलन थियो तर यस बर्ष सर्वसाधारणको चहलपहल कम छ भने मन्दिरहरु सुनसान छन् ।

धार्मिक आस्था नघटेको भएपनि मन्दिर सुनसान हुनुमा धार्मिक सद्भावमा कम हुनु, नव दुर्गाको पूजा गर्ने स्थान पण्डाल ठाउँठाउँमा स्थापना हुनु र अर्थतन्त्रले पु¥याएको असर भएको त्यहाँ पुगेका सर्वधारण बताउँछन् ।

स्थानीय सुधार पोख्रेलले ठाउँठाउँमा बनेका दुर्गा माताको पन्डाल, आर्थिक मन्दी लगायतका कारणले विगतको बर्षको तुलनामा यस बर्ष सर्वसाधारणको चहल पहल कम देखिएको बताए ।

अन्य मन्दिरको तुलनामा विजयपुरमा रहेको दन्तकाली शक्तिपीठमा देवीका अनेकन रुपको आराधना गर्नेको संख्या उल्लेख्य हुने गरेको थियो ।

धार्मिक आस्थामा कमी नआए पनि ठाउँठाउँमा बनेका पण्डाल, आर्थिक मन्दीसँगै सरकारी कार्यालयहरु बन्द भइनसकेका कारण भक्तजनहरुको चहलपहलमा कमी आएको मन्दिरका पूजारी विश्वराज खनालले बताए ।

उनले फूलपातीदेखि सरकारी जागिरे तथा अन्य नीजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको छुट्टी हुने भएकोले फूलपातिदेखि चहलपहल बढ्ने बताए ।

विगतमा विजयपुरमा शक्तिपीठ दन्तकालीसँगै पिण्डेश्वर मन्दिर, बुढासुब्बा मन्दिर, भीमसेन मन्दिर, पाथीभरा मन्दिर, पञ्चकन्या मन्दिर लगायतका मन्दिरमा समेत सर्वसाधारण दर्शन गर्न उल्लेख्य रुपमा पुग्ने गर्थे ।

यसले गर्दा मन्दिर छेउछाउमा रहेका पूजाका सामाग्री विक्री गर्नेहरुको व्यापार समेत उल्लेख्य रुपमा बढ्ने गथ्र्यो तर यस बर्ष भने मन्दिरमा सर्वसाधारणको आवागमन कम भएका कारण व्यापार नभएको व्यापारीहरु बताउँछन् । जुन किमिसले मठ मन्दिरमा चहलपहल हुन्थ्यो त्यसले दशैको रौनकता समेत बढेको महसुस हुने गर्दथ्यो ।

तर मठमन्दिरम भक्तजनहरु उल्लेख्य रुपमा नआउँदा दशैको रौनक नै नभएको मन्दिरका आसपासमा बसोबास गर्नेहरु बताउँछन् । सप्तमी अर्थात फूलपातिबाट भने केही चहलपहल हुने मन्दिरका पूजारीहरु बताउँछन् ।