धरान/ कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बिना इजाजत नियन्त्रित औषधि ओसारपसार मुद्दामा सुनसरी जिल्ला अदालतले २०७९ फागुन १५ गते सजाय निर्धारण फैसला आदेश भएका धरानका २४ वर्षिय पारुहाङ राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले २८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोको थियो ।  

उनलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइ तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीको भनाइ छ ।