धरान/  टेवा धापाखेल ललितपुरको आयोजनामा गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल सामुदायिक सुरक्षा जालो धरानको व्यवस्थापनमा विपद व्यवस्थापन तथा लैंगिक हिंसा न्यूनिकरणका लागि पौरखी क्षमता अभिवृद्धि दुइ दिने तालिम सम्पन्न भएको छ ।

कार्तिक १६ र १७ गते सम्पन्न भएको छ । 

धरान १५ निराजन बाल विकास केन्द्रको भवनमा कार्तिक १६ र १७ गते सञ्चालित २ दिने तालिममा गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज र सामुदायिक सुरक्षा जालोका २५ जना सहभागीहरु रहेका थिए ।

तालिममा लैंगिक हिंसा न्यूनिकरण तर्फ धरान उपमहानगरपालिका सामाजिक महाशाखा अधिकृत भुवन राई, विपत व्यवस्थापन तर्फ बिनोद विश्वकर्मा र लोकराज निरौलाले सहजीकरण गरेका थिए । 

टेवा प्रतिनिधि तथा गृहश्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालकी अध्यक्ष प्रेमकुमारी राईको अधयक्षता, धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापनको अवसरमा प्रमुख अतिथिले इवारुमले आयोजक संस्थाले महत्वपूर्ण विषयमा तालिम दिएको बताए ।

कार्यक्रममा सुनौलो महिला विकास समाज धरान १५ को सचिव प्रेमकुमारी श्रेष्ठ लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको अतिथिको रुपमा उपस्थिति रहेको थिए ।