धरान / विद्यार्थीको भविष्य अभिभावक, विद्यार्थी र शिक्षकले आ आफ्नो तर्फबाट भूमिका खेल्न सकेमात्र शैक्षिक गुणस्तरमा निखार आउने भन्दै धरानकै पुरानो विद्यालय धरान १२ स्थित पब्लिक माविले यी तिनै पक्षलाई समेटेर उत्प्रेरण तालिम शुरु गरेको छ ।

अभिभावकले आफ्ना बालबालिकाहरुमाथि खेल्ने भूमिका, विद्यार्थीले निभाउनुपर्ने आफ्नो कर्तव्य र शिक्षकहरुले विद्यार्थीहरुको भविष्य निर्माण सचेत रही उनीहरुमाथि गर्ने व्यवहारले अध्ययनरत विद्यार्थीको भविष्य कोरिने गर्छ । यसैलाई मध्यनजर गरी पब्लिक माविले यी तीनै पक्षलाई समेटर पालैपालो उत्प्रेरणा कक्षा सञ्चालन गरेको हो ।

नेपालमै प्रख्यात सकारात्मक सन्देश प्रवाह गर्ने प्रशिक्षक प्रितम पौडेलले अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई उत्प्रेरणा कक्षाको  प्रशिक्षण दिएका छन् ।

प्रतिशक्षक पौडेलले दिएको कक्षापछि अभिभावकहरुले आफना बच्चाहरुलाई अभिभावकहरुले गर्ने व्यवहारको विषयमा धेरै कुरा बुझेको बताएका थिए ।

आफ्ना नानीहरुको भविष्य सुनिश्चित पार्ने पहिलो पाठशाला भनेकै आफ्नै घर भएको र यसमा अभिभावक अर्थात बुबाआमाले खेल्नुपर्ने भूमिकामा कुनै कसर नराखी आफ्नो भूमिका निर्वाह गर्नपर्ने कुरालाई अभिभावकहरुले जोड दिएका थिए ।

सानो सानो गल्तिले पनि आफना नानीहरुको भविष्य खतरामा पर्ने कुरा प्रशिक्षण पश्चात सिकेको प्रशिक्षणमा सहभागी अभिभावकहरुले बताएका थिए ।

यो प्रशिक्षणपश्चात अभिभावकहरुले जानी नजानी धेरै त्रुटी गररहेको र अभिभावकले खेल्ने भूमिकाको विषयमा चुकेको विषय यो कार्यक्रम मार्फत जानकारी पाइएको अभिभावक उमिता बराइले  बताइन्  ।

अभिभावक, शिक्षक र विद्यार्थीमध्ये कसैको पनि एकल प्रयासले विद्यार्थीको भविष्य तथा विद्यालयको शैक्षिक गुणस्तर सम्भव नभएको महसुस विगतदेखि नै पब्लिक माविले महसुस गर्दै आएको र शैक्षिण गुणस्तर राम्रो बनाउन यी तीन पक्षको सामुहिक प्रयासको खाँचोको आवश्यकता महसुस गरी विद्यालयमा तीनै पक्षलाई राखेर उत्प्रणा कक्षा’ दिएको विद्यालयका प्रद्यानाध्यापक इन्द्रमोहन झाले बताए ।

विद्यार्थीहरुलाई नैतिक शिक्षा प्रदान गर्दै अनुशासिति र शिक्षामा अब्बल विद्यार्थी उत्पादन गर्न यो उत्प्रेरणा तालिम विद्यालयले शुरु गरेको हो ।

शायद नै यस्तो खोलको कक्षा कुनै पनि विद्यालयले गर्न सकेका छैनन् । अभिभावक, विद्यार्थी र शिक्षकलाई छुट्टाछुट्टै ढंगबाट ‘उत्पेरेणा तालिम’ सञ्चालन गरिएको छ । यसले विद्यालयलको शैक्षिक गुणस्तरमा ठूलो सफलता मिल्ने अपेक्षा समेत गरिएको छ ।