धरान/  बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् ।

 सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा  प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन ।

तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ ।

नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ ।

बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्तु चराउन जाँदा मनोरञ्जनको रुपमा खेल्ने गरे पनि नेपालमा भने प्रतियोगात्मक रुपमा खेल खेलाइएको थिएन ।

नेपालको ऐहासिक तथा मौलिक खेल भएपनि यसको प्रवद्र्धन हुन नसेको बेला चतरा हाइकिङ समूहले कार्तिक २८ गते भाइटिकाको अघिल्लो दिन गोवद्र्धन पूजाको दिन प्रतियोगिताको रुपमा खेलाउने संस्थापक सदस्य युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार पानीको सतहमा हानेको ढुङ्गा जसको जति बढी उफ्रिएर दूरी पार गर्छ त्यसको आधारमा विजय घोषणा गरिने छ ।

यो प्रतियोगितामा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने भएका छन् । महिला र पुरुषलाई छुट्टाछुट्टै समूहमा खेलाइने सो प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार,३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त आयोजक संस्थाका भिषण राईले बताए । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ  बराहक्षेत्र १ मा रहेको चतरा नहरमा पहिलोपटक आयोजना गर्न लागिएको सो प्रतियोगितालाई विगतमा संस्थागत गरेर लाने सोच राखिएको सदस्य राईले बताए ।

आयोजकले यो खेलल नौलो भएपनि पुनरावृत्तिको रुपमा लिइएको छ । नेपालमा प्रतियोतात्मक रुपमा नखेलाइए पनि मनोरञ्जनको रुपमा निरन्तर रुपमा खेलिने खेल भएकोले यसको प्रवद्र्धनका लागि भएपनि प्रतियोगिता आयोजना लागिएको समूहका अर्का सदस्य नवराज विष्टले जानकारी दिए ।

नेपालमै पहिलो पटक खेलाइन लागेको यो खेल नेपालमा प्रतियोगितात्मक रुपमा नखेलाइए पनि  ओलम्पिक गेममा समावेश गरिएको आयोजकको भनाई छ । यस खेलको राष्ट्रियकरण गर्न पनि चतराबाटै यो खेलको शुरुवात गरिएको आयोजकको भनाई छ ।