धरान / नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा देउसी खेलेर संकलन गरेको रकम मध्ये दुबै मृगौला खराब भएकी अरुणा तामाङको उपचारका लागि १० हजार सहयोग गरेकोछ ।

टेम्पो चालक आयुष मगरकी श्रीमति अरुणाको उपचारमा आर्थिक समस्या भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

संगठनको अभियानमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले सहयोग गरेको हो ।received_1335633983733063

बुधबार नेपाल फोटो पत्रकार महासंघका सुनसरी अध्यक्ष विकास चाम्लिङ, सहसचिव सनम तामाङ सहित संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले अरुणा तामाङलाई नगद हस्तान्तरण गरेको हो । 

प्रत्येक वर्ष देउसी खेलेर संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेको महासंघका अध्यक्ष चाम्लिङले बताउनु भयो ।

श्रीमतिको उपचारका लागि आर्थिक संकट झेलीरहेका मजदुर आयुषलाई सहयोग गर्न मजदुर नेता भीमज्वाला राईले आग्रह गर्नु भएकाले संकलित रकम मध्येबाट १० हजार सहयोग गरेको फोटो पत्रकार महासंघका अध्यक्ष चाम्लिङले बताउनुभयो ।

वहाँले मृगौला रोगबाट पीडित इटहरीका पत्रकार पीबी दियालीलाई समेत केही रकम सहयोग गर्ने बताउनुभयो । 

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा चार दिन देउसी खेलेर ७४ हजार रकम संकलन भएको थियो ।

त्यसमध्ये केही रकम सामाजिक काममा प्रयोग गर्ने र बाँकी रकम फाटो पत्रकारहरुको शीप अभिवृद्धिका लागि तालिममा खर्च गरिने अध्यक्ष चाम्लिङले बताउनुभयो ।

संगठनका अध्यक्ष भीमज्वाला राईले सहयोग रकम अरुणालाई हस्तान्तरण गर्दै संगठनको अभियानमा साथ दिएकामा फोटो पत्रकार महासंघ सुनसरीलाई धन्यवाद दिनुभयो । 

सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।