झापा/  झापाको कमल गाउँपालिका ४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

सोमबार तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या पश्चात फरार भएका थिए ।

बुबाको हत्या गरी फरार भएको भन्ने सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका ४ दुधेबाट पक्राउ गरेको हो ।

मृतक तामाङको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।