धरान/ डिपो स्कुलको आयोजनामा भइरहेको १८ औ ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १–० र देउराली  चिल्ड्रेनले समेत मेरिल्याण्ड स्कुललाइ १–० गोल अन्तरले नै पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन ।

पहिलो क्वाटरफाइनल हिमशिखरका मन्जिल श्रेष्ठ र दोस्रो क्वाटरफाइनल खेलमा देउरालीका धिरज लिम्बुले गोल गरे ।

पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसका नितेस चौधरी र मेरिल्याण्ड स्कुलका गोलकिपर अकिलेस मगर म्यान अफ द म्याच घोषित भए ।

उनिहरुलाइ नेपाल प्याराग्लाइडिङ संघका केन्द्रिय अध्यक्ष भुपाल चाम्लिङ राई र पुर्व राष्ट्रिय फुट्बल खेलाडी इन्दु रसाइलीले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित सा.दिलकुमार प्लेट च्याम्पियन सोमबार देखि सुरु भएको छ ।

प्लेट च्याम्पियनको पहिलो खेलमा मर्निङ स्टार स्कुलले आयोजक डिपो स्कुललाइ १–० र दोस्रो खेलमा कार्मेल स्कुलले हिबिकसलाइ ३–० गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा मर्निङ स्टारका जीवन बिष्टले निर्णायक गोल गरे भने , दोस्रो खेलमा कार्मेलका दशेन मगरले तिनै गोल आफ्नै नाममा लेखाउदै ह्याट्रिक गरेका छन ।

मंगलबार पहिलो क्वाटर फाइनल खेल एक्वा सेकेन्डरी स्कुल र दिल्ली पब्लिक र दोस्रो क्वाटरफाइनल खेल बराह राइजिङ र लर्ड बुद्ध स्कुल बिच हुनेछ ।

  प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भइरहेको छ ।

   तस्विरः विकास चाम्लिङ राई