कोशी प्रदेशमा सडक दुर्घटना न्यूनिकरण सचेतना तीन महिने अभियान घोषणा गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीले आयोजना गरेको सडक सुरक्षा,चासो र हाम्रो भूमिका बिषयक कार्यक्रममा अभियान घोषणा गरिएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सडक दुर्घटना न्यूनिकरण सचेतना तीन महिने अभियानको प्रस्ताव गर्नुभएको हो ।

प्रस्तावमा कोशी प्रदेशका प्रहरी प्रमुख केदार नाथ बास्तोला,यातायात ब्यवसायी महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ र नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राईले सर्मथन जनाउनुभयो । तीन महिने अभियानको कार्ययोजना तर्जुमा गर्न मंसीर २९ गते सरोकारवाला पक्षहरु बिच छलफल गरिने भएको छ । प्रहरी,यातायात मजदुर र ब्यवसायी तीन पक्ष मिलेर सडक दुर्घटना न्यूनिकरणमा चेतनामूलक अभियान चलाइने भएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले सडक दुर्घटना न्यूनिकरणमा ब्यक्ति,संगठन र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।उहाँले इमान्दारिता पूर्वक सहकार्य गरेर अघि बढे सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो । हरेक क्षेत्रमा सुधार आफैबाट गर्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संगठनका अध्यक्ष भीमराई ज्वालाले बिश्वमा प्रत्येक २७ सेकेण्डमा एकजनाको सडक दुर्घटना बाट ज्यान जाने गरेको तथ्याँक सुनाउनुभयो । उहाँका अनुसार नेपालमा दिनमै ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाने गरेका छन । एक बर्षमा २८सय ८० जनाको सडक दुर्घटनामा मृत्यू हुने गरेको छ । कार्यपत्रमा सडक दुर्घटनाको कारण र समाधानका उपाय प्रस्तुत गर्नुभयो ।