धरान/ अहाय तथा अपांगलाई निरन्तर सहयोग गर्दै आएको अपांग तथा असहाय केन्द्र धरानले यस पटक भने असहाय बालबालिकालाई उपचारका लागि सहयोग गरेको छ ।

धरान १९ मा रहेको केन्द्रले रकम अभावका कारण उपचार गर्न नसकेका गरिब तथा असहाय बालबालिकालाई सहयोग पुर्‍याएको हो ।

केन्द्रले क्यान्सर पीडित इटहरी ५ की प्रसिद्ध चौधरीलाई १० हजार, विगत केही समयदेखि आँखाको समस्या भएर काठमाण्डौस्थित बीपी कोइराला आँखा अस्पतालमा उपचार गराउदै गरेकी ७ बर्षीय एक बालिकालाई ५० हजार नगद सहित खुट्टाको समस्या भएर शल्यक्रिया गर्न समस्या भएका बेलका नगरपालिका उदयपुरका सञ्जय मुसहरलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च केन्द्रले व्यहोने भएको छ ।

यतिमात्र हैन रकम अभावका कारण पढ्न नपाएका दुई जना बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ ।

उनीहरुलाई केन्द्रका अध्यक्ष सुनिल खड्काले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष एवम हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम श्रेष्ठको उपस्थितिमा सहयोग उपलब्ध गराइएको हो । यो सँगै गरिब तथा असहायहरुलाई खाद्यान्न समेत वितरण गरेको छ ।

तीन तहको सरकारले गर्नुपर्ने काम संस्थाको तर्फबाट गरिरहेको केन्द्रकी सदस्य सीता मैनालीले बताइन् । उनले आफूहरुले गरेको सहयोगले केही राहत मिलेको बताइन् । 

५६ सालमा खोलिएको यो संस्थाले अहिलेसम्म निरन्तर सहयोग पुर्‍याउदै आएको छ ।

यो संस्थाले सहयोगमात्र गर्दैन यस्ता अनाथ, असहाय तथा अपांग बालबालिकालाई सीप समेत सिकाउने संस्थाकी सदस्य डम्बरकुमारी मास्के बताउनुहुन्छ  । शिलाइ कटाईकी प्रशिक्षक समेत रहनुभएकी मास्केले यहाँ सिकेको सीपले धेरै आत्मनिर्भर बन्न सहयोग पुगेको बताइन् । 

राज्यले गर्नुपर्ने काम यो संस्थाले २४ बर्षदेखि निरन्तर गर्दै आएको छ । यस अवधिम यो संस्थाले विभिन्न सहयोगी हातको सहयोग लिएर हजारौ अनाथ, असाय बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग पुर्‍याइएको छ । यस्ता वर्गको लागि यो संस्था आशा र भरोसाको केन्द्रविन्दु जस्तै बनेको छ ।