धरान/ कोशी प्रदेश फुटबल संघको आयोजनामा भइरहेकोे प्रथम यु–१५ एन्फा प्रेसिडेन्ट कप फुटबलको उदयपुर फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो दिन भएको सेमिफाईनल खेलमा गाईघाट फुटबल क्लव उदयपुरले न्यु स्टार फुटबल क्लब सुनसरीलाई २–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरको हो ।

धरान–१७ एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको दोस्रो दिनको सेमि फाईनल खेलमा गाईघाट फुटबल क्लव उदयपुरबाट अरुण अधिकारीले १ गोल गरेका थिए । यसैगरी सुनिल सुरखेतीले १ गोल गरेका थिए । भने न्यु स्टार फुटबल क्लव सुनसरीको तर्फबाट  गोलपनि हुनसकेन ।

बुधबार भएको खेलमा न्यु स्टार क्लव सुनसरीका क्षितिज धामि म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार नगद पुरस्कार प्राप्त गरेका छ्न ।

पुस ६ गते शुक्रबार हुने फाईनल खेलमा अल स्टार क्लव सुनसरी र गाईघाट फुटबल क्लव गाईघाट बिच कडा प्रतिस्पर्धा हुने भएको छ  । 

प्रतियोगितामा कोशी प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब सुनसरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, अल स्टार क्लव सुनसरी, उर्लाबारी नगरपालिका मोरङ, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी रहेका थिए ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैया पाउनेछन् ।