धरान/  शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटनकाे माध्यम बनाएको छ काेशीप्रदेश  स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले प्रतियोगिताको स्लोगन नै रहेको छ,

 ‘शिक्षाका लागि संगीत ।’

०७५ सालदेखि नियमित आयोजना गर्दैआएको फक्तालुङ मिडिया हाउसले
यस बर्ष पनि निरन्तता दिने भएको हो ।

आयोजकले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कार्यक्रमका निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा  एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । लिम्बुका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भएको छ ।

  प्रा.लीका अध्यक्ष  डम्बर कुमार तुम्बापोका अनुसार प्रतियोगिता कोशी प्रदेश स्तरीय हुने छ ।

उहाँले भन्नु भयो,‘विगतको वर्ष झै यो वर्ष पनि एसईई आईडल प्रतियोगिताको तयारी हामीले बेलैमा शुरु गरेका छौ,यसर्थ प्रतियोगिताको उद्धेश्य र उपलव्धी हासिल गर्नको लागि कोशी प्रदेशको १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागि गराउने छौ, प्रतियोगितामा सामुदायिक विद्यालय र निजी विद्यालय दुवै विद्यालयका विद्यार्थी सहभागि हुन पाउने छन् ।

एसईई दिएर वसेका विद्यार्थीहरुका लागि आयोजकले  प्रतियोगितामा सहभागि हुनका लािग नि :शुुल्क फारम वितरण  गर्ने छ ।

आयोजकले प्रतियोगिताको लागि कोशी प्रदेशको विभिन्न जिल्लामा गएर चैतको तेश्रो सातादेखि अडिसन शुरु गर्ने भएको छ ।

कार्यक्रमका संयोजक तीर्थ कार्कीका अनुसार प्रतियोगिता ४ राउण्डमा हुने छ भने विद्यार्थीको क्षमता विकास र व्यक्तित्व विकासको निम्ति नि:शुल्क विविध तालिमको पनि व्यवस्था गरिएको छ ।

कार्किका अनुसार ,‘विद्यार्थीका लागि गीत संगीत र तृत्य विधासँगै क्षमता विकासका लागि जीवन उपयोगि तालिमहरुको पनि व्यवस्थासँगै व्यक्तित्व विकासको विविध प्याकेजमा तालिम प्रदान  गरिने छ ।20240101_144042

युएन नवोदय कलेज धरानको प्रायोजनमा यो प्रतियोगिता  हुँदैछ  भने यस वर्ष १५ सय विद्यार्थी प्रतियोगितामा सामेल हुने अनुमान आयोजकको रहेको छ ।    
विजेताले नगद ५० हजार सहित कक्षा ११ र १२ मा अध्ययन गर्न ३ लाख बराबरको पुर्ण छात्रवृति सहित विविध गिफ्ट ह्याम्पर  र मुस्ताङ भ्रमण निशुल्क गराउने छ । 
फस्ट रनरअपले नगद ३० हजार सहित कक्षा ११ र १२ अध्ययन गर्नको लागि ८० प्रतिशत छाञवृति र आकर्षक गिफ्ट ह्याम्पर ।  

सेकेण्ड रनर अपले ट्रफि र नगद २० हजार र कक्षा ११ र १२ अध्ययन गर्नको लागि ७० प्रतिशत छात्रवृति र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने टप टेन फाइनलिष्टहरुलाई कक्षा ११ र १२ को अध्ययनको लागि ५० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा सहभागि हुने इच्छुक विद्यार्थीका लागि अनलाईन फारम समेत भर्न सक्ने छन् ।

अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखनिे जनाईएको छ भने डिजिटल अडिसन मार्फत पनि सहभागिले भाग लिने पाउने व्यावस्था गरिएको छ ।

अध्यक्ष तुम्बापोका अनुसार कोशी प्रदेशभरीका विभिन्न जिल्लामा रहेका विद्यार्थीको सहजताको निम्ति यो प्रणालीको व्यवस्था गरिएको हो ।