इटहरी । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाले सन्तोष कुरुङ्बाङलाइ अध्यक्षमा चयन गरेको छ ।
शनिबार इटहरी स्थित सोल्टी होटलमा भएको सभाले कुरुङबाङको नेतृत्वमा नया कार्यसमिति चयन गरेको संघका निबर्तमान अध्यक्ष मोहन तिगेलाले जानकारी दिए । यश अघि तिगेलाले दुई कार्यकाल संघको नेतृत्व गरेका थिए ।

received_2466098096908981
तिगेलाकै नेतृत्वकालमा संघको बैधानिकता,प्रदेश सरकार सङको समन्वय,अबैधानिक इन्टिस्च्युटलाइ बैधानिक दायरामा ल्याउने जस्ता कार्यहरु भएका थिए । शनिबार नया कार्यसमितिलाई पद हस्तान्तरण गर्दै तिगेलाले शैक्षिक परामर्शको क्षेत्रमा देखिएका बिकृती र कानुनी जटिलता हटाउन पहल गर्ने र पेशालाइ मर्यादित बनाउन भुमिका खेल्नुपर्ने आबश्यक्ता रहेको बताए ।

सभाले आगामी दुई वर्षे कार्यकालका लागि चयन गरेको समितिको  उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल रहेको संघले बताएको छ । सभाले सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार संयोजकमा प्रमोद श्रेष्ठ, सल्लाहकार सदस्यहरुमा  दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल छन् ।received_1086118745973291

संघले साधारण सभा अगाडी शनिबारनै  पव्लिक स्पिकिगं सम्वन्धी प्रशिक्षण पनि सम्पन्न भएको छ । उक्त प्रशिक्षणमा  ५० जनाको सहभागिता रहेको नब निर्बाचित अध्यक्ष सन्तोष कुरुङबाङले जानकारी दिए ।  पूर्व मिस नेपाल  माल्विका सुब्बाले सहजिकरण गरेको उक्त प्रशिक्षणमा प्रभाबकारी वाककलाको बारेमा विशेष चर्चा गरिएको थियो । संघको सधारणसभा प्रदेश अध्यक्ष मोहन तिगेलाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष  सन्तोष प्याकुरेलको प्रमुख आथित्यमा भएको थियोे । सभामा संघला महासचिव दिपक कोइरालाको पनि उपस्थिति रहेको थियो ।