धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मिस्टर कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए ।

प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ ।

फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए  ।

प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।20240124_131411

प्रतियोगिताका विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता धरान १३ अमरहाट स्थित सामुदायीक हलमा हुनेछ । गत सालका चौथो मि। कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।

धरान १८ वुद्धचौक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा काेशी प्रदेश   शारिरिक सुगठन संघका अध्यक्ष केशव श्रेष्ठ, युवा नेता ऋषिराज राई, पुर्व मि. कोशि सन्दिप गिरि, पुर्व मि.धरान कविरभगत प्रधानाङग लगायतको उपस्थिति रहेको थियो ।