धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ ।

प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् ।

पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो ।

उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग धरानका मजदुर नेता लक्ष्मी बाँनियासमेत दुर्घटनामा परेका थिए । १० दिन लगाएर भण्डारीको शल्यक्रिया सफल भएको डा. कलवारले जानकारी दिए ।

उनका अनुसार टुक्रा टुक्रा भएर भाचिएको करङ्गहरु जोडन भारतबाट टाइटानियमको प्लेट(पाता) र स्क्रुप मगाएर प्रयोग गरिएको छ । मानिसको शरिरमा १२ जोडी करङ्ग हुन्छन् । ७ वटा उनको भाचिएको थियो । टुक्रा टुक्रा भएकाले काम गर्न निकै समय लागेको थियो ।

चिकित्सकीय भाषामा यसलाई फ्लाइल चेष्ट भनिन्छ । यो अत्यन्तै रिक्सको काम थियो । उनको दायाँ फोक्सोमा समेत असर पुगेको थियो । यो शल्यक्रिया सम्भव नभएको भए उनको दायाँ फोक्सोले काम नगर्ने डा. कलवारले बताए ।

यो शल्यक्रिया नेपाल मै कमै मात्र हुने गरेको उनको दावी छ । भारतका ठूलो अस्पतालहरु यो सुविधा रहेको छ ।

यस्तै करङ्ग भाचिएको अन्य सामान्य शल्यक्रिया विपीमा भएको भए पनि ठूलो संख्यामा करङ्ग भाचिएको शल्यक्रिया यो पहिलो हो ।

शल्यक्रियामा सहभागी डा. कलवारले भने, ’शल्यक्रिया राम्रो भएको छ ।

विरामी स्वस्थ्य हुनु भएको छ । उनी आज भोली नै घर फर्कन्दैछन् ।’ उनको शरिरमा राखिएका पाताले कुनै असर नगर्ने र पछि निकाल्न पनि नपर्ने उनले बताए ।