धरान/ धरान १८ न. वडा कार्यलयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद सामग्री प्रदान गरेको छ ।

वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४ औ वडा स्तरिय फुटवल प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई खेल सामग्री प्रदान गरेका हुन ।

वडाले आफ्नै वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेल सामग्री प्रदान गरेका हुन ।

वडाले ४० हजार रुपैया वरावरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटवल प्रदान गरेका छन ।

खेलकुद समग्री धरान १८ नं वडाका का.वा. अध्यक्ष जमुना त्रिखत्रि  वडाध्यक्ष प्रविण राई, वडा सदस्य गिवन चाम्लिङ, कार्यलय सचिव धर्मराज पौडेल, समाजसेवी अजय राई लगायतले प्रदान गरेका थिए ।

१८ वडा टिमलाई हेम गुरुङले प्रशिक्षण गराईरहेका छन् ।

टिमको व्यवस्थापक भने किशोर केरुङ रहेका छन् ।

खेल सामग्री संगै का.वा. अध्यक्ष जमुना त्रिखत्रिले खेलाडिहरुलाई जितको सुभकामना दिएकी थिईन् ।