धरान/  पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ ।

धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले समुदायमा गएर चेक जाचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको बताउनुभएको हो ।

मृगौला रोगीलाई मृगौलाको रोग भएको पत्तै नपाउने र समस्या आएपछिमात्र थाहा हुने भएकोले सुद्ध खानपान र व्यायमलाई बढी जोड दिन उहाँले शिविरमा आएकाहरुलाई सुझाव समेत दिदै आउनु भएको छ ।

मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गएर गर्दै आउनु भएको छ ।

पछिल्लो समय यस्ता वर्गको उपचार सहज रुपमा होस् भन्ने मुख्य ध्येय लिएर उहाँले स्थानीय सरकारसँग समन्वय गरेर समुदायि लक्षित उपचार थालेका हुन् ।

सो अवसरमा उहाँले मृगौला सम्बन्धी समस्या हुने विरामी बढ्दै गएको बताउनुभएको छ । यो रोग लाग्दा कुनै लक्षण नदिने तर समस्या भएपछि धेरै सताउने बताए ।

उनले समुदायमा गएर चेकजाँच गर्दा मधुमेह तथा उच्च रक्तचापका विरामी धेरै भेटिने बताउदै मुटुरोगीको संख्यामा समेत उल्लेख्य बृद्धि भएको बताए ।

यी सबै रोग दीर्घरोग भएकोले समयमै उपचार र वा आफैले स्वास्थ्यमा समाधान नहुदा विरामी अपांग हुने, मृत्युवरण सम्म हुन सक्ने भएकाले सावधान हुन शिविरमा आएकाहरुलाई उनले सल्लाह दिएका छन् ।

उनले प्रकृतिसँग बढी घुलमिल गरेर खानपान र परिश्रम र सकारात्मक विचार प्रवाह गर्न सकेको खण्डमा पनि यस्ता रोगलाई नियन्त्रण गर्न सकिने सुझाव दिए ।

उनले पानी प्रशस्त पिउने बानीले समेत यस्ता संक्रमण न्यूनिकरणमा सहयोग पुग्ने बताए । उनले यी सबै गरेर ध्यान र मेरिटेसन गर्न सके ८० प्रतिशत रोग नियन्त्रण गर्न सकिने बताए ।

प्रा.डा. शर्माले आर्थिक अभाव लगायत विभिन्न कारणले वीपी प्रतिष्ठानसम्म आउन नसक्ने दीर्घ विरामी खासगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी समुदायमै पुगेर चेकजाँच गर्दै आएका  छन् ।

पछिल्लो समय उनले स्थानीय सरकारसँग समन्वय गरेर वडा वडामा पुगेर चेकजाँचसँगै रोगबाट बच्ने उपायका बारेमा सल्लाह सुझाव दिदै आइरहेका छन् ।

एक महिना भन्दा अगाडिदेखि धरान १६ का विभिन्न स्थानमा प्रा.डा. शर्माले चेकजाँच गराउदै आएका छन् ।

वडाबासीको स्वास्थ्य, बडाबासीमा भएका समस्या समाधान गर्न र वडाबासीले सहज रुपमा उपचार पाउने भएकोले पनि केचडिसीमार्फत प्रा.डा सञ्जिव शर्माले गर्नुभएको चेकजाँच प्रभावकारी बन्दै गएको धरान १६ का वडाध्क्ष मुरारीप्रसाद भट्टराईले बताएका छन् ।

यो वडाबाट मात्र अहिले हजारौ जनाले सेवा पाएका छन् । यसमा पनि सबैभन्दा ज्येष्ठ नागरिक लाभान्वित भएको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।

केएचडिसीले यो भन्दा अगाडि झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा समेत पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर लाखौ दीर्घरोगीहरुको उपचार गराइसकेको छ ।

पछिल्लो समय धरानका विभिन्न वडालाई लक्षित गरी वडास्तरमै चेकजाँचलाई तिब्रता दिँदै आएको छ ।

धरान १६ पछि अन्य वडामा समेत क्रमिक रुपमा चेकजाँच गर्दै जाने प्रा.डा. शर्माले बताए ।

समुदायमै पुगेर चेकजाँच गर्दा समस्या भएकाहरुले सहज रुपमा चेकजाँचसँगै स्वास्थ्य सम्बन्धमा दिएको सुझाव सहजै रुपमा ग्रहण गर्ने भएकोले पनि प्र्भावकारी बन्दै गएको उनको भनाई छ ।