धरान/ धरानका चर्चित गायक विजय वाम्वुले राईको पहिलो पटक धरानमा एकल सांङ्गितिक साझ हुने भएको छ ।

फागुन २ गते फेब्रुअरी १४ पे्रमिल जोडिहरुको विशेष दिन भ्यालेन्टाइन डेको अवसरमा विजय वाम्वुले एकल साझ हुन लागेका हुन ।

धरान १५ वगरकोट स्थित विजिएन लाउन्ज एण्ड वारमा उनले लाइभ प्रस्तुति दिन लागेका हुन ।

धरानमा निकै चर्चित रहेका धरान ११ निवासि लोक आधुनिक गायक वाम्वुले चालिस वटा गितमा आफ्नो स्वर दिइ सकेका छन ।

उनले करिव एक सय वटा गित कम्पोज गरिसकेका छन भने दर्जन भन्दा वढि म्युजिक भिडियो तयार गरि सकेका छन ।

उनले आर्फैले स्वर दिएका किराति हामि र वगरकोटैमा गित निकै चर्चित छन ।

उनकै संगितमा मेलिना राईले गाएका तिम्रै लाग्छ माया, मिलन नेवारले गाएका यो मनको प्यारो मान्छे र इन्डियन आइडलमा अहिले चर्चित भइरहेका गायीका मेनुका पौडेलले स्वर दिएका हाम्रो हुन्न कहिले मिलन गितहरु चर्चित छन ।

उनले स्वर दिएका किराति हामि गितको म्युजिक भिडियो युट्युव च्यानलमा एक लाख भन्दा माथिले हेरिसकेको छ ।

प्रेमिल जोडिहरुको विशेष दिनको रुपमा मानिने भ्यालेन्टाइन डेको अवसरमा आयोजित एकल साझमा वाम्वुलेले आफुले गाएका तथा संगित भरेका गित संगै एक दर्जन वडि युगल कभर संङ्गहरु गाएर दर्शकलाई मनोरंजन दिने छन ।

युगल गितमा उनलाई गायिका ज्योति सुनुवारले साथ दिनेछन । तिन सय जनाको हल क्षmमता भएको लाउन्जमा साझ ६ वजे देखि कार्यक्रम सुरु हुनेछ ।