बराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार वडा नं ३ र वडा नं ९ का बिच भएको पहिलो खेल वरावरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।

चार खेलमा तीन खेलमा जित र एक खेलमा वरावरी बनेको वडा नं ३ ले प्रतियोगितामा १० अंङ्क जोडेको छ । त्यस्तै चार खेलमा दुई खेलमा बिजयी र दुई खेलमा वरावरी  बनेको वडा नं ९ ले प्रतियोगितामा ८ अङ्क जोडेको छ ।

खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ३ का साजन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै बिहिबार भएको दोस्रो खेलमा वडा नं १ बिजयी भएको छ । वडा नं १ ले वडा नं १० लाई एक गोलका बिरुद्ब दुई गोलको अन्तरले पराजित गरेको थियो ।

चार खेलमा तिन खेलमा जित र एक खेल वरावरी खेलेको वडा नं १ ले प्रतियोगितामा १० अङ्क जोड्न सफल भएको छ ।       भन्ने चार खेलमा दुई खेलमा पराजित , एक खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं १० ले प्रतियोगितामा ४ अङ्क जोडेको छ ।

खेलमा उत्कृष्ट प्रदशन गर्दै निर्णायक गोल गरेका वडा नं १ का नयिन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । 

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि  लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा शुक्रबार पहिलो खेल वडा नं ६ र वडा नं ४ तथा दोस्रो खेल वडा नं २ र वडा नं ११ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।