धरान/   इमोर्टल क्लवको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार आयोजित १५ वर्ष मुनिका एकदिने थ्री बाइ थ्री इमोर्टल बास्केटवल प्रतियोगिताको उपाधि होराइजन क्लवले चुमेको छ ।  होराइजन क्लवले फाइनल खेलमा सुनाखरी स्कुललाई १२–६ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन ।

होराइजनले उपाधि संगै नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरि प्रतियोगिताको राइजिङ्ग प्लेयर सुनाखरिका हाङ्गसाङ्ग लिम्वु र मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होराइजन क्लवका नुवा राई घोषित भए ।

उनिहरुले एक थान बास्केटवल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई,

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, उपाध्यक्ष विवेक राई, बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा २२ टिमले सहभागिता जनाएको थियो ।bba