धरान । धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । 

कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए ।

प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोला र सृजना लिम्बुले प्रीजालाई बधाई दिएका थिए ।

आफुले मिहिनेत गरे अनुसार प्रदेस प्रथम भई कलेजले सम्मान गर्दा खुशी लाग्नुका साथै थप हौसला मिलेको सम्मानित छात्रा डाङ्गीले बताइन ।

un-sammanituu