धरान/ धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरलाई चिनाउनको लागि यस बर्षदेखि दौड प्रतियोगिताको आयोजना गरेको छ ।

परिवर्तन क्लब धरान १४ को. आयोजनामा १४ नं. वडा समितिले सहयोग गरेको हो । प्रतियोगीमा प्रतिष्पर्धाीले धरान १४ विजयपुरचौकबाट, पिण्डेश्वर चौक, पुरानो बजार, रेडक्रस हुदै पुनः विजयपुर चौकसम्मको ५ किमी दूरी पार गरेका थिए ।

पहिलो प्रतियोगिता अन्तर्गत पुरुष खुल्ला तर्फ ५ किमीको दूरी १७ मिनेट ५६ सेकेण्डमा पार गर्दै प्रशान्त तामाङ प्रथम भएका थिए भने महिलातर्फको खुल्लातर्फ २३ मिनेट २० सेकेण्डमा सोही दूरी पार गर्दै छविमाया राई प्रथम भएकी थिइन् ।

यस्तै पुरुषतर्फको १८ दशमलव ३८ मिनेटमा दूरी पार गर्दै पुरुषतर्फ सरोज लिम्बु दोस्रो, १९ मिनेटमा निर्धारित दूरी पार गर्दै सरोज राई तेस्रो भएका थिए भने महिला खुल्लातर्फ निर्धारित दूरी २४ मिनेटमा पार गर्दै इन्द्रकला गुरुङ दोस्रो र २६ दशमलव ४१ मिनेटमा निर्धारित दूरी पार गर्दै नानी तामाङ ते्रसो भएकी थिइन् ।

यसैगरी १४ बर्ष मुनिका बालबालिकामा सहभागीमध्ये पुरुषतर्फ १२ दशमलव ५९ मिनेटमा दूरी पार गर्दै राजु कटुवाल प्रथम, १३ दशमलव २ मिनेटमा दूरी पार गर्दै सुमित राई दोस्रो र १३ दशमलव ९ मिनेटमा दूरी पार गर्दै दावा भोटे तेस्रो हुन सफल भएका थिए ।

यसैगरी १४ बर्ष मुनिका महिलातर्फ निर्धारित दूरी १९ दशमलव २ मिनेटमा पार गर्दै रेसिका तामाङ पथम, १९ दशमलव ५५ मिनेटमा पार गर्दै सुज्ञानी सुवेदी दोस्रो र २० दशमलव ५ मिनेटमा निर्धारित दूरी पार गर्दै अनुज्ञा खड्का तेस्रो भएकी थिइन् । प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।