वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मुल समिति गठन गरिएको छ ।

गत शुक्रबार नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको समपर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिब अर्जुन पोखरेलको उपस्तिथिमा आयोजना भएको भेलाले नेपाल राष्ट्रका प्रथम जगद गुरु एवंम कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन सरण देवाआर्यको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की सह–अध्यक्ष रहेको मुल समिति गठन गरेको हो ।

भेलामा कोशी प्रदेश सरकारका निमित्त सचिब केदारनाथ शर्मा, प्रदेश सभा सदस्य बिजय राई, ममता तामाङ्ग, रोहित कार्की,

रमेश बस्नेत, पुर्व सांसद हरिनाथ बस्तोला, जय कुमार राई, प्रदेश मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका तिनै तहका प्रदेस प्रमुखहरु, जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख,

जिल्ला प्रशासन कार्यलय उदयपुरका सहायक प्रमुख, वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीयवासिहरु, विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधि, पुर्ब जनप्रतिनिधि लगाएका उपस्थिति रहेको थियो ।

पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचमा, विशिष्ट व्यक्तिहरुलाइ निमन्त्रणा, प्रचारप्रसार, सरसफाई, खानेपानी लगाएत बजेटको व्यवस्थान, सचिवालय गठन,

सहकार्य, समन्वयका लागि लागि पर्ने नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिब अर्जुन पोखरेलले बताए । 

पूर्ण महाकुम्भ मेला महोत्सवलाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए ।

यसका लागि प्रदेश तथा संघीय सरकारसंग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए । प्रचारप्रसार, निमन्त्रणा, उपसमिति गठन, सरसफाई लगाएतका कामलाई प्रथामिकता दिईने नगर प्रमुख कार्कीले बताए ।

नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात चैत्र ६ गते देखि वैशाख शुक्ल तृतिया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो ।

जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो । चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ ।