धरान/  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको{ परिक्रमा} विद्यार्थी परिवारको २६औं कार्यकारिणी समितिले बार्षिक रुपमा प्रकाशन गदैं आएको परिक्रमा पुस्तकको शनिवार लोकार्पण  गरेको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा.सञ्जिवकुमार शर्माले पुस्तकको लोकार्पण गर्नु भयो ।

  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तथा इन्ट्रनसिपलगायतका साढे सात बर्षे स्नातक अध्ययन पुरा गरेर स्वतन्त्र अभ्यासका लागि तयार भएका सन् २०१७ व्याजका एमविविएस र विडियसका जनशक्तिहरुलाई विदाईसमेत गरिएको छ । 

कार्यक्रममा क्लिनिकल र आधारभूत विज्ञान तथा डेण्टल तर्फको उत्कृष्ठ विभाग पहिचान गरि सम्मानसमेत गरिएको परिक्रमाका अध्यक्ष सुमित धमालाले जानकारी दिनुभयो । 

प्रतिष्ठानको उत्कृष्ठ सेवा दिने र अध्ययन अध्यापनमा अब्बल विभागको रुपमा हार्डजोर्नी विभाग, यस्तै बेसिक साइन्स तर्फ माइक्रोबायोलोजी विभाग र डेन्टल तर्फ ओरल एन्ड म्याक्जिलो  फेसियल सर्जरी बिभागलाई उत्कृष्ठ विभागको रुपमा सम्मान गरिएको हो ।

हार्डजार्नी विभागका विभागीय प्रमुख प्राडा. विक्रम श्रेष्ठ र हाडजोर्नी सर्जन उप प्रध्यापक डा.रोसनप्रसाद कलवार साहले ग्रहण गर्नु भएको छ ।

माइक्रोवाइलोजीको तर्फबाट डा. नारायण भट्टराई र डेन्टल विभागको तर्फबाट डा. मेहुल जैसानी सम्मान ग्रहण गर्नु भएको थियो ।  

सोही अवसरमा डेन्टल विभागका सर्जन डा. अशोक ऐरलाईसमेत सम्मान गरिएको थियो ।

प्रतिष्ठानका शैक्षिक तथा उपचार सेवामा उत्कृष्ठ सेवा गरे बापत सम्मान गरिएको हो । हल अफ फेमुको रुपमा उहाँलाई सम्मान गरिएको हो । यो सम्मान सबैले पाउदैंन् । प्राडा. सिएस अग्रवाल, डा. भूपेन्द साह,  डा. रामशरण मेहताले यो सम्मान पाउनु भएको छ । 

 परिक्रममा यहाँ पढ्ने विद्यार्थीहरुको साहित्यक तथा अतिरिक्त क्रियाकलपाको सर्वाङ्गिन बिकासको लागि खोलिएको विद्यार्थीहरुको परिवार हो । 

बार्षिक रुपमा यसले प्रतिष्ठानका विभिन्न विभागहरुले गरेको कामको मूल्याङकल तथा विद्यार्थीहरुको क्षमता, कार्यकौशलता समेटेर पुस्तक प्रकाशन गदैं आएको छ ।

यो बर्ष ३२४ पृष्ठको विविध विषयलाई समेटेर परिक्रम पुस्तक प्रकाशन गरेको छ ।  नेपाल चिकित्सक संघ धरान सुनसरी शाखा अध्यक्ष डा.रोसन कलवार, प्रतिष्ठानका प्राध्यापक, चिकित्स विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।