धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को तेस्रो दिन आज चर्चित गायिका मेलिना राईले प्रस्तुति गर्ने भएकी छन् ।

फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका मेलिनाले आज  ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  मेलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने  संयोजक  श्रेष्ठले जानकारी दिए ।

सुनसरीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय स्टल अवलोकन गर्न सकिनेछ ।

१३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १६ करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।