धरान/ एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।

त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ ।

एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाँजा बरामद भएको थियो ।

केही दिनअघि पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर ठूलो परिणाममा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो ।