धरान/धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान १८ रत्न चौक निवासी हाल हङकङ वस्नुहुने महाप्रसाद राई द्धारा ९९ सय हजार ५ सय रुपैया सहयोग प्रदान गरेको छ ।

सहयोग रकम महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईकै घरमा पुगेर सोमवार हस्तान्तरण गरेका छन ।

महाप्रसाद राईले हङकङ स्थित आफु काम गर्ने कंपनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरु संग सहयोग रकम संकलन गरि नेपाल पठाएका उनका कान्छा भाइ नविन राईले जानकारी गराए ।

       लोकप्रिय गित “गुरासको फेद मुनि, सम्झनाको छाया” गितका गायक हुन नवराम राई ।

लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आएका छन । राईको दुवै मृगौलामा समस्या देखिएको छ ।

उनि करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई भर्खरै डिस्चार्ज भएर घरमै आराम गरि रहेका छन । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ ।

राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको वताउछन । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको उनले वताए ।

उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन ।

लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफै गाइसकेका छन भने केहि गितमा संगित भरेका छन ।