धरान/ २४ औँ  अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दाेस्राे दिन एन आर टि फुटबल क्लब काठमाडौं   र त्रिभुवन आर्मि क्लब 

बिच आइतबार भएको दोस्रो क्वाटरफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको म्यान अफ द म्याच  एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार पाए ।

सोमबारको तेस्रो क्वाटर फाइनल खेल  विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घ बिच हुने आयोजकले जनाएको छ।

नेपालका ७ र एक भारतीय सहित ८ टिमको सहभागिता रहेको गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।