धरान/   महाकुम्भ मेला सम्पन्न गर्न धरानमा सर्वपक्षीेय भेलाको आयोजना गरिएको छ ।

भेलामा व्यापारी व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

१२ बर्षमा सुनसरीको चतलामा लाग्ने महाकुम्भ मेललाई भव्यतासाथ सम्पन्न गर्न छलफल चलाइएको थियो ।

ऐतिहासिक महत्व बोकेको चतरा धाममा यही चैत्र २७ देखि २०८१ वैसाख १७ गतेसम्म सञ्चालन हुने महाकुम्भ भेलालाई भव्यताकासाथ सम्पन्न गर्न  सुनसी उद्योग वाणिज्य संघ धरानको सभाहलमा सर्वसपक्षीय वैठक सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका पूर्व मेयर एवम् होटल व्यवसायी मनोजकुमार मेन्याङ्बोले स्थानीय सरकार गरेक गतिविधिमा गम्भीर नबनेको आरोप लगाए ।

उनले स्थानीय सरकार धरान उपमहानगरपालिकाले चासो दिएर काम अगाडि नबढाउन्जेल कुनै पनि काम सफल नहुने तर्क राखे ।

सो अवसरमा कुम्भमेलालाई सबै मिलेर भव्यताका साथ सम्पन्न गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताए ।

उनले हरेक क्षेत्रमा काम गर्ने सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेर कुम्भ मेलालाई सफल बनाउनुपर्नेमा जोड दिए ।

उद्योगी तथा व्यवसायीको प्रतिनिधि संस्था सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठले धरानका राजनीतिक दल, विभिन्न संघ संस्था, निजी क्षेत्रले जे जस्तो ढंगले सकिन्छ त्यही हिसाबले सहयोग गर्नुपर्नेमा जोड दिए ।

१२ बर्ष पछि लाग्न लागेको सुनसरीको चतराधामको कुम्भ मेलालाई भव्य बनाउन धरानमा यस अघि समिति समेत गठन भइसकेको छ ।

नेपालमा  प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा महाकुम्भ मेला शुरु भएको थियो ।

धार्मिक प्रचारसहित ऐतिहासिक पृष्ठभूमिको आधारमा यो मेलालाई सफल बनाउन चौतर्फी चासोको विषय बनेको छ । सबैले महाकुम्भ सफलतापूर्वक सम्पन्न गर्न गम्भीरतापूर्वक लागेका छन् ।