धरान / धरान रंगशालामा बुधबार सम्पन पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो पटक मोरङ फाइनलमा प्रबेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

टाइब्रेकरमा धरानका मिलन लिम्बुको प्रहार मोरङका गोलरक्षक पूर्ण चेम्जोङले रोकेसंगै मोरङले दोस्रो पुरस्कार सुरक्षित गर्याे ।

खेलको म्यान अफ दि म्याच पनि मोरङका गोलरक्षक चेम्जोङ घोषित हुँदै नगद १० हजार पाए ।  

मोरङको तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए भने धरानको तर्फबाट दोर्जे तामाङ, बिजय राई, अनिल राई र सुगम जिमिले मात्र गोल गर्न सफल भए ।

खेलको पहिलो हाफको ३२ मिनेटमा फल्ड खेलेपछी डबल कार्ड खाँदै धरानका प्रबिन भुजेलले मैदान छोडेपछी धरानमाथि मोरङले थप दबाब बढाएको थियो । 

बिहिबार (आज)को अन्तिम सेमिफाइनल खेल एनआरटी क्लब काठमान्डौ र काकडभिटा फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजकले जनाएको छ !

चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।