भोजपुर/ भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ७ पिप्लेमा आगालागि हुँदा एउटै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ ।

आगालागिबाट ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

धनबहादुर कार्कीको गोठमा आगलागी हुँदा उनका २ नाति १ नातिनीको दुखद निधन भएको हो ।

मृत्यु हुनेमा एका घरका दाजुभाइका छोराछोरी केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की,

रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाइ वर्ष ३ को दिउनिस कार्की खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिप राज पाठकले बताए ।

करिब ६-४५ तिर आगो लागेको खबर प्राप्त हुन साथ तत्काल इ.प्र.का घोडेटार बाट प्रहरी निरिक्षको कमान्ड टोलीले गाई गोठबाट अचानक आगो लागेको खुलेको छ ।