झापा । झापाको बिर्तामोड नगरपालिका ४ मुनाल टोलबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको पल्सर १५० सिसि को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।