सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका ३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ । 

मंगलबार घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको छ ।