मोरङ । मोरङको बेलबारी नगरपालिका १ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् ।

मंगलबार स्थानीय ६० बर्षीय बम बहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

श्रीमतीको हत्या गरी लिम्बुले समेत सोहि दाउले आफ्नै घाँटी रेटी घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।